दफा ५
करारमा नियुक्ति गर्न सक्ने
(१) दफा ४ मा जुनसुकै कुरा लेखिएको भए तापनि सञ्चार प्रतिष्ठानकोे कामका लागि कुनै व्यक्तिको विशेषज्ञ सेवा लिनु पर्ने भएमा व्यवस्थापकले प्रेस रजिष्ट्रारको स्वीकृति लिई निश्चित समयावधि तोकी त्यस्तो व्यक्तिलाई श्रमजीवी पत्रकारको पदमा करारमा नियुक्ति गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम करारमा नियुक्ति गर्दा सम्बन्धित सञ्चार प्रतिष्ठानमा कार्यरत श्रमजीवी पत्रकारको कुल संख्याको पन्ध्र प्रतिशत संख्या सम्म मात्र नियुक्ति गर्न सकिनेछ ।
(३) उपदफा (१) बमोजिम करारमा नियुक्त भएको व्यक्तिले गर्नु पर्ने काम, पाउने पारिश्रमिक, सेवाको अवधि तथा सेवाका अन्य शर्त एवं सुविधा करारमा उल्लेख भए बमोजिम हुनेछ ।
(४) उपदफा (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि करारमा नियुक्त भएको श्रमजीवी पत्रकारको पारिश्रमिक, सञ्चय कोष तथा अन्य सुविधा सञ्चार प्रतिष्ठानको समान पद वा तहमा कार्यरत श्रमजीवी पत्रकारले पाउने पारिश्रमिक, सञ्चय कोष तथा अन्य सुविधाभन्दा कम हुने छैन ।